एलइडी प्रकरणमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाउ आदेश

५ जेठ ०७४, काठमाडौँ । सर्वोच्च अदालतले सरकारका नाममा एलइडी बल्ब खरिद प्रक्रियामा लिखित जवाफसहित कारण देखाउन आदेश जारी गरेको छ ।

न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलाशले आज लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो ।

एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरीत भएको उल्लेख गरी अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाईंले गत बुधबार दायर गरेको मुद्दामा न्यायाधीश भट्टराईको एकल इजलाशले उक्त आदेश दिएको हो ।

भट्टराई र चौलागाईंले गत बुधबार दायर गरेको रिट निवेदनमा नेपाल विद्युत् प्राविधकरणले दुई करोड थान एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरीत अघि बढाइएको र त्यसलाई रोक्न अन्तरिम आदेशको माग गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत