भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीको कब्जामा !

५ जेठ ०७४, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भक्तपुर नगरपालिकाको मेयरमा विजयी भएका छन् ।

निकटम प्रतिद्धन्दीलाई चार गुणा भन्दा वढी फराकिलो मत अन्तर गराई प्रजापति विजयी भएका हुन् ।

nemakipa

राति सवा नौ बजे सार्वजनिक नतिजा अनुसार निकटत प्रतिद्धन्दी नेपाली कांग्रेसका रामप्रसाद कासुललाई चौव्वर भन्दा वढी फराकिलो मतका साथ नेमकिपाका मेयर प्रजापति विजयी भएका हुन् ।

प्रजापतिले २५ हजार पाँच सय ६८ मत पाएका छन् । उनका निकटम प्रतिद्धन्दी रामप्रसाद कासुला ६ हजार पाँच सय ३४ मतमा सिमित भएका छन् ।

उपमेयरमा पनि नेमकिपाकै रजनी जोशी भारी मतका साथ विजयी भएका छन् । जोशीले २५ हजार ६ सय ६० मत पाएका छन् । उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसकी गंगालक्ष्मी अवाल ६ हजार पाँच सय ५० मतमा खुम्चिन बाध्य भएका छन् ।

नगरपालिकामा १० वटा वडाहरु छन् । सवै वडामा नेमकिपाले पूरै प्यानलसहित जित हासिल गरेको छ । नगरपालिकाको कुनै पनि वडामा एक जना पनि सदस्यसम्म अन्य कुनै पार्टीबाट विजयी भई प्रवेश पाउन सकेनन् ।

नेमकिपाकाबाट वडा नं १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ मा कुमार चवाल, ५ मा प्रेमगोपाल कर्माचार्य, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवां, ८ मा महेन्द्र खायमली, ९ रविन्द्र ज्याख्व र १० मा लक्ष्मीप्रसाद ह्यौमिखा वडा अध्यक्षमा विजयी भएका छन् ।

भक्तपुरमा ५२ हजार नौ सय ३० मतदाता छन् । त्यसमध्ये ४४ हजार एक सय ८६ (८३ दशमलब ४८) प्रतिशत मत खसेको थियो । खसेको ४४ हजार एक सय ८६ मतमध्ये मेयर प्रजापतिले २५ हजार पाँच सय ६८ र उपमेयर जोशीले २५ हजार ६ सय ६० मत पाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत