गाउँ र नगरको कार्यपालिकामा चुनाव लड्ने उम्मेदवारले दलको पत्र बुझाउनु पर्ने

६ जेठ ०७४, काठमाडौं । निर्वाचन आयोगले गाउँ र नगरको कार्यपालिकामा चुनाव लड्न चाहने उम्मेदवारले सम्बन्धित दलको आधिकारिक पत्र बुझाउनु पर्ने बताएको छ ।
निर्वाचन आयोगले गाउँसभाले निर्वाचित गर्ने गाउँकार्यपालिका एवं नगरकार्यपालिकाको सदस्य बन्न चाहने उम्मेदवारलाई दलको मनोनयन पत्र अनिवार्यरुपमा ल्याउन सूचना प्रकाशित गरेको छ ।

स्थानीय तह निर्वाचन ऐनले स्थानीय निर्वाचन सम्पन्न भएको १५ दिनभित्र गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित वा अल्पसंख्यक सदस्यसहित ६ जनालाई कार्यपालिका प्रतिनिधिका लागि निर्वाचित गर्नुपर्ने व्यवस्था  गरेको छ ।

निर्वाचन आयोगले कार्यपालिकाको सदस्यमा उम्मेवार बन्न चाहने महिला वडा सदस्य एवं स्थानीय मतदाता रहेका दलित अल्पसंख्यकलाई उम्मेदवार बन्न दलको तर्फबाट औपचारिक पत्र ल्याउन सूचना प्रकाशित गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत