निर्वाचनमा जसले जिते पनि आफैँले र देशले नै जिते जस्तो लाग्छ – प्रधानमन्त्री प्रचण्ड

६ जेठ ०७४, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा कांग्रेसले जिते पनि, एमालेले जिते पनि, माओवादीले जिते पनि आफैँले र देशले नै जितेजस्तो लागेको बताएका छन् ।

शुक्रबार चितवनको रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन उदघाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै दल विशेष जित्यो भन्नु भन्दा पनि सिंगो देशले जितेको बताएका हुन् ।

‘निर्वाचनमा कांग्रेसले जिते पनि, एमालेले जिते पनि, माओवादीले जिते पनि आफैँले र देशले नै जिते जस्तो लाग्छ ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई कुन पार्टी जित्यो भन्नेसँग मतलव छैन, घरमा टिभी हेर्न पनि छाडिदिएँ ।’

पहिलो चरणको स्थानीय तहको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको भन्दै प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचन पहिलो चरणको निर्वाचन गर्नुभन्दा बढी चुनौतीपूर्ण गम्भीर रहेको बताए । साथै, उनले दोस्रो चरणको निर्वाचनपछि देशमा आएको राजनीतिक परिवर्तन संस्थागत हुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत