पोखरा–लेखनाथ महानगरपालिकामा विवाद भएपछि मतगणना स्थगित

६ जेठ ०७४, कास्की । पोखरा–लेखनाथ महानगरपालिकामा १७ नम्बर वडाको मतगणना गर्दा फर्जी मत भेटिएको भन्दै विवाद भएपछि गणना स्थगित भएको छ ।

सूर्य चिन्हमा स्वस्तिक छाप ठूलो आकारको भेटिएको माओवादी–काँग्रेस गठबन्धनले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

यसअघि भरतपुर महानगरपालिकामा पनि विवाद हुँदा शुक्रबार बेलुकादेखि स्थगित मतगणना संयन्त्रको १० बुँदे सहमति पनि पुनः थालिएको थियो ।

पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसीले अग्रता लिँदै आएका छन् ।

जिसीले पछिल्लो गणनाअनुसार २० हजार ४ सय ७९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका रामजी कुवँरले १८ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।

मेयर पदमा नयाँ शक्तिका हुमबहादुर तमुले अहिलेसम्म १२८३ मत पाएको छ भने राप्रपाकी गीता गुरूङले ७५१ मत पाएकी छन् ।

पोखरा–लेखनाथ र भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा उम्मेदवारी दिएका हुन् ।

पोखरामा माओवादीले मेयर छाडेको थियो भने भरतपुरमा काँगेसले मेयर पद छाडेर संयुक्त उम्मेदवारी दिएकाे थियाे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत