साझाका २० वटा बसलाई भक्तपुरको नयाँ बाटोमा चल्ने गरी रुट इजाजत

७ जेठ ०७४, काठमाडौं । ललितपुरको यातायात व्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा चल्ने गरी रुट इजाजत दिएको छ ।

Sajha Bus

स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, शहीदगेट, सिंहदरबार, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन हुँदै कोटेश्वरसम्म चल्ने साझा बस नयाँ बाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म चल्ने भएको छ ।

यातायात ब्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेले यहाँ सिन्डकेट भन्ने कुनै चिज यहाँ नरहने बताएका छन् ।

‘पुराानो बाटोमा भक्तपुर मिनी ब्यवसायी समितिले ४० सिटसम्मका बस चलाउन तयारी गरिरहेको छ’ विभागका प्रवक्ता पाण्डेले भने, ‘भक्तपुरमा साझा प्रवेश गरेपछि ब्यवसायी पनि दबावमा परेका छन् । अब सिन्डकेट भन्ने कुनै चिज याहाँ रहँदैन ।’

साझाले कोटेश्वरबाट सानोठिमी- पुरानोठिमी- भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।

विभागले यातायात ब्यवसायीको विरोधका बीच नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत