स्थानीय तहमा महिला प्रतिनिधित्व उल्लेख्य

काठमाडौं । स्थानीय तहको पहिलो चरणको  निर्वाचनमा महिला प्रतिनिधित्व उल्लेख्य रूपमा रहेको पाइन्छ ।  नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा दुवैका वडाध्यक्ष गरी हालसम्म एक हजार दुई सय ८६ जनामा ३३८ जना महिला निर्वाचित भएको आजको गोरखापत्रमा खबर छ ।

संविधानले नै एउटा पार्टीले स्थानीय तहका प्रमुख वा उपप्रमुखका उम्मेदवार बनाउँदा तीमध्ये एक जना महिला उम्मेदवार बनाउनैपर्ने व्यवस्था गरेका कारण स्थानीय तहका २८३ एकाइको निर्वाचन हुँदा यस्तो नतिजा आएको हो ।

यसका अतिरिक्त महिला दलित तथा महिला आरक्षित सिटबाट १२५ जना महिला सदस्य निर्वाचित हुनुभएको छ भने खुला सदस्यमा पनि कतिपय महिला निर्वाचित हुनुभएको छ ।

शनिबार साँझसम्मको नतिजाअनुसार १२ जना महिला प्रमुख वा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  पछिल्लो नतिजाअनुसार चितवनको राप्ती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी प्रभा बराल निर्वाचित हुनुभएको छ ।

यसअघि प्रमुखमा निर्वाचित हुने महिलामा जुम्लाको चन्दननाथ नगरपालिका नेपाली काँग्रेसका कान्तिका सेजुवाल, नवलपरासी जिल्लाको कावासोती नगरपालिका नेकपा (एमाले) बाट चन्द्रा पुन र स्याङ्जाको पुतलीबजार नगरपालिका नेकपा (एमाले)बाट पाउने सीमा क्षेत्री हुनुहुन्छ ।

यस्तै गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुने महिलामा रसुवा जिल्लाको कालिका गाउँपालिका नेकपा एमालेका सीताकुमारी पौडेल, तनहुँ म्यादे गाउँपालिका नेपाली काँग्रेसका मायादेवी राना र नवलपरासी जिल्लाको हस्सेकोट गाउँपालिका नेपाली काँग्रेसका लक्ष्मी पाण्डे, लमजुङको दूधपोखरी गाउँपालिकामा नेपाली काँग्रेसका छुर्पीमाया गुरूङ, सिन्धुलीको सुनकोसी गाउँपालिका नेकपा माओवादी केन्द्रका दीपा बोहोरा निर्वाचित हुनुभएको छ ।

राजनीतिक दलहरूले तालमेल गरेका र प्रमुखमा उम्मेदवारी पाएका स्थानबाहेक सबै ठाउँमा महिला उपप्रमुख वा उपाध्यक्षमा विजयी भएका छन् ।

पहिलो चरणमा ९२ नगरपालिकामा निर्वाचन भएकामा ७९ नगरपालिकाको उपप्रमुखमा महिला निर्वाचित भइसकेका छन्, जसमा नेकपा एमालेबाट ३४ जना, नेपाली काँग्रेसबाट २२ जना,  माओवादी केन्द्रबाट ११ जना, राप्रपा र नेमकिपाबाट एक-एक जना महिला निर्वाचित छन् ।

एमालेबाट नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनेमा विष्णा थापा दुल्लु नगरपालिका, दैलेख, भावना भण्डारी भेरी नगरपालिका जाजरकोट, सरिता ओली छेडागाड नगरपालिका जाजरकोट, सुशीला अधिकारी नागार्जुन नगरपालिका काठमाडौँ, शुक्रलक्ष्मी श्रेष्ठ शङ्करापुर नगरपालिका काठमाडौँ, विजया विष्ट खाँडाचक्र नगरपालिका कालीकोट, चन्द्रकुमारी बुढा, त्रिपुरासुन्दरी नगरपालिका डोल्पा, सुन्तला रोकाया छायाँनाथ रारा नगरपालिका मुगु, लक्ष्मी अधिकारी बेंसीशहर नगरपालिका लमजुङ र देवी थापा मगर गल्याङ नगरपालिका स्याङ्जा हुनुहुन्छ ।

यस्तै, सावित्री मल्ल नारायण नगरपालिका दैलेख, ज्ञानमाया डङ्गोल टोखा नगरपालिका काठमाडौँ, तारा शाही चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेख, रेखा सापकोटा दाहाल बनेपा नगरपालिका काभ्रेपलाञ्चोक, गीता बञ्जारा पनौती नगरपालिका, काभ्रेपलाञ्चोक, सरस्वती खड्का कीर्तिपुर नगरपालिका काठमाडौँ, ताराकुमारी काजी महतो माडी नगरपालिका चितवन, शारदा खनाल भिमाद नगरपालिका तनहुँ, करमती घर्ती ढोरपाटन नगरपालिका बाग्लुङ, लीला राना जैमिनी नगरपालिका बाग्लुङ, मायाकुमारी कार्की मन्थली  नगरपालिका रामेछाप, भगवती नेपाल मेलम्ची नगरपालिका सिन्धुपाल्चोक, सुशीला पाख्रिन  बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, मञ्जु देवकोटा कमलामाई नगरपालिका, सिन्धुली, बालकुमारी दनुवार दुधौली नगरपालिका, सिन्धुली, कृष्णमाया बुढाथोकी    जिरी नगरपालिक, दोलखा, कमला बस्नेत खड्काभीमेश्वर नगरपालिका दोलखा, निर्मला शाही मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक, सविता रसाइली   शुक्लागण्डकी नगरपालिका तनहुँ, निरू खरेल धुनीबेसी नगरपालिका, धादिङ, मञ्जु अधिकारीफलेवास नगरपालिका पर्वतका उपप्रमुख निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसको तर्फबाट उपप्रमुखमा निर्वाचित हुनेमा मीरा जोशी व्यास नगरपालिका तनहुँ, लक्ष्मी दनुवार    पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोक, विना श्रेष्ठ गोरखा नगरपालिका गोरखा, सिर्जना खड्का रामेछाप नगरपालिका रामेछाप, रेणुका काउछा    गल्कोट नगरपालिका बाग्लुङ, मैना विक गुर्भाकोट नगरपालिका सुर्खेत, आशा थापा    भानु नगरपालिका तनहुँ, रेणु आचार्य भेरीगङ्गा नगरपालिका सुर्खेत, ओमकुमारी महतो मध्यविन्दु नगरपालिका नवलपरासी, मुना अधिकारी कुँवरगोदावरी नगरपालिका ललितपुर, सीतादेवी शर्मा काफ्ले कुश्मा नगरपालिका पर्वत, शान्ति नेपाल गोकर्णेश्वर नगरपालिका काठमाडौँ, वसन्ती तामाङ महर्जन दक्षिणकाली नगरपालिका काठमाडौँ, दीपा बोहरा आठबीस नगरपालिका  दैलेख, विष्णु कंडेल गैँडाकोट नगरपालिका नवलपरासी, धनकुमारी गुरूङ    राइनास नगरपालिका लमजुङ, ज्ञानु श्रेष्ठ सुन्दरबजार नगरपालिका लमजुङ, विमला श्रेष्ठ चापाकोट नगरपालिका स्याङ्जा, कल्पना तिवारी वालिङ नगरपालिका स्याङ्जा हुनुहुन्छ ।

यसैगरी, माओवादीबाट उपप्रमुखमा निर्वाचित हुनेमा पम्फा बसेल पालुङटार नगरपालिका गोरखा, अप्सरा न्यौपाने महत चन्दननाथ नगरपालिका जुम्ला, सुनिता बस्नेत त्रिवेणी नलगाड नगरपालिका जाजरकोट, कल्पना पुन    बागचौर नगरपालिका सल्यान,    मञ्जु ऐरी बनगाड कुपिण्डे नगरपालिका सल्यान, मिमसरा बम रास्कोट नगरपालिका कालीकोट,  दर्शना नेपाली तिलागुफा नगरपालिका कालीकोट, राधा रोका (भावना) चौरजहारी नगरपालिका रूकुम, गीता नेपाली आठबिसकोट नगरपालिका रूकुम, जानुका पराजुली चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक, प्रेमकुमारी सुनार केसी    मुसिकोट नगरपालिका रूकुम, निर्वाचित हुनुभएको छ ।

राप्रपाबाट सन्जु बरूवाल बेनी नगरपालिका म्यादी र नेपाल किसान पार्टीबाट रजनी जोशी भक्तपुर नगरपालिका भक्तपुर उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत