गणतन्त्र दिवस मूल समारोह समितिको बैठक सम्पन्न

DSC1210-600-300

८ जेठ ०७४, काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिको बैठक सोमबार बिहान गृह मन्त्रालयमा सम्पन्न भएको छ ।

बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस समारोह समितिको बैठकमा बोल्दै गणतन्त्र दिवसलाई जनताको सहभागितामा सम्पन्न गर्नुपर्ने बताएका छन् ।

‘गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन हो’ बैठकमा बोल्दै प्रधानमन्त्रीले भने, ‘यसलाई हामीले औपचारिकता भन्दामाथि उठेर जनताको सहभागितामा मनाउनु पर्दछ ।’

पहिलो चरणको निर्वाचन सम्पन्न भएको, निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको साथै सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचन सम्पन्न गरेर देशलाई राजनीतिक स्थीरता र समृद्धिको बाटोमा लैजान सरकार गम्भीर रहेको समेत बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत