मिस सी स्टारमा भैरहवाकी अन्जली छनौट

miss see star Anjali (2)

रबिन्द्र प्रताप गुप्ता/८ जेठ ०७४, भैरहवा । मिस सी स्टारको प्रतियोगितामा भैरहवाकी अन्जली शाह ठकुरी छनौट भएकी छन् ।

स्कुल एजुकेशन एक्जाम (सी) दिएका उक्त प्रतियोगितामा कुल ३५ जना मध्ये १५ जनालाई छनौट गरी बैशाख १९ गतेदेखि विभिन्न तालिम दिइरहेको आयोजकले जनाएको छ ।

miss see star Anjali (3)

१५ जना प्रतियोगी मध्ये भैरहवाकी ठकुरीको प्रदर्शन पनि उत्कृष्ट देखिएको छ । बुद्ध ज्योति स्कुल भैरहवाबाट एसएलसीसरहको ‘सी’ परीक्षा दिएकी ठकुरी सिनपा १२ आवारोड चौककी हुन् ।

सानै उमेरदेखि मोडलिङ र कला प्रदर्शनीमा रुचि राख्ने ठकुरी यसअघिका विभिन्न प्रतियोगितामा पनि प्रतियोगी भएकी थिइन् । आगमी जेठ २५ गते फाइनल प्रतियोगिता हुने उक्त ‘मिस सी स्टार’का प्रतियोगीहरुले आफूहरुलाई भोट दिन आग्रह समेत गरेका छन् ।

miss see star Anjali (4)

भवानी इन्टरटेनमेन्टको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको ट्यालेन्ट शो आगमी शनिबार काठमाण्डौंमा हुन गइरहेको उक्त कम्पनीका निर्देशक सोनीत ढुंगेलले जानकारी दिए ।

प्रतियोगिताको फाइनल भने जेठ २५ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । प्रतियोगिताका विजेतालाई प्लस टु लेभलको पूर्ण छात्रावृत्ति, ल्यापटप र अन्य पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ ।

miss see star Anjali (1)

प्रतियोगितामा सहभागी प्रतियोगीहरु मध्ये धेरै मत पाउनेलाई बिजेता छनौट गरिने प्रावधान राखिएको आयोजकले जनाएको छ ।

गत वर्षसम्म विद्यमान स्कुल लिभिंग सर्टिफीकेट (एसएलसी) यो वर्षदेखि परिवर्तन भई स्कुल एजुकेशन एक्जाम (सी) भएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत