काठमाडौं महानगरपालिकामा एमालेको अग्रता कायमै

९ जेठ ०७४, काठमाडौं ।  बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

नेकपा एमालेका विद्यासुन्दर शाक्यले पछिल्लो गणनाअनुसार ३७३७० मत प्राप्त गरेका छन् । उनलाई पछ्रयाउँदै नेपाली काँग्रेसका राजुराज जोशीले २७७०९ मत प्राप्त गरेका छन् ।

यसैगरी तेस्रो स्थानमा विवेकशील पार्टीकी रञ्जु दर्शना रहेकी छिन् । दर्शनाले १३४९९ मत ल्याएकी छिन् भने चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले १०१७४ मत ल्याएका छन् ।

यसैगरी पाँचौं स्थानमा रहेको नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ३९७७ मत प्राप्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत