९ जेठ ०७४, ललितपुर । बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।
नेपाली काँग्रेसका चिरीबाबु महर्जनले पछिल्लो गणनाअनुसार २१६४५ मत प्राप्त गरेर पहिलो स्थानमा रहेका छन् ।
नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २०५९५ मत ल्याई दोस्रो स्थानमा रहेका छन् ।
यसैगरी साझा पार्टीका रमेश महर्जनले ११९०९ मत ल्याई तेस्रो स्थानमा प्राप्त गर्दै रहेका छन् ।