स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम : एमाले ११९, काँग्रेस १०३, माओवादी ४६, राप्रपा १, अन्य ६

९ जेठ ०७४, काठमाडौं । स्थानीय तहको निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

Uml-Congress-Maoist

नेकपा एमालेले प्रदेश नम्बर ३ को ६३ स्थानमा, प्रदेश नम्बर ४ को ३० स्थानमा र प्रदेश नम्बर ६ को २६ स्थानमा गरी जम्मा ११९ स्थानमा  प्रमुख पदमा विजय हासिल गरेको छ ।

यसैगरी नेपाली काँग्रेसले प्रदेश नम्बर ३ को ३४ स्थानमा, प्रदेश नम्बर ४ को ४३ स्थानमा र प्रदेश नम्बर ६ को २६ स्थानमा गरी जम्मा १०३ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ३ को १६ स्थानमा, प्रदेश नम्बर ४ को ५ स्थानमा र प्रदेश नम्बर ६ को २५ स्थानमा गरी जम्मा ४६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।

काठमाडौं महानगरपालिकामा एमाले अगाडि

पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४१११५  मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनलाई पछ्रयाउँदै नेपाली काँग्रेसका राजुराज जोशीले २९२३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

ललितपुर महानगरपालिकामा काँग्रेसको अग्रता

यसैगरी पछिल्लो गणनाअनुसार ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले २४२६९ मत प्राप्त गरेर पहिलो स्थानमा रहेका छन् ।

नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २४०९० मत ल्याई दोस्रो स्थानमा रहेका छन् ।

भरतपुर महानगरपालिकामा एमाले अगाडि

भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवालीले २६४१४ मत ल्याई पहिलो स्थान लिइरहेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका रेणु दाहाल २२८६९ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन् ।

पोखरा महानगरपालिकामा  एमालेको अग्रता

यसैगरी पछिल्लो गणनाअनुसार पोखरा महानगरपालिकाको नेकपा एमालेका मान बहादुर जिसीले ३३३०४ मत ल्याई पहिलो स्थान प्राप्त गरेको छ ।

यसैगरी नेपाली काँग्रेसका रामजी कुँवरले २७८४२ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत