९ जेठ ०७४, काठमाडौं । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।
एमालेले ११९, काँग्रेसले १०३, माओवादी केन्द्रले ४६, राप्रपाले १ र अन्यले ६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ ।
यसैगरी उपप्रमुख पदमा एमालेले १२४, काँग्रेसले ८१, माओवादी केन्द्रले ४८, राप्रपाले ५ र अन्यले ८ स्थानमा विजय हासिल गरेको छ ।