तोकिएकै समयमा दोस्रो चरणको निर्वाचन सफल पार्न प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगलाई आग्रह

१० जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीहरुसँग भेटी जेठ ३१ गते तोकिएको दोस्रो चरणको निर्वाचन तयारीबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द अाचार्यले प्रेस नाेट जारी गर्दै प्रधानमन्त्रीले जेठ ३१ गते हर हालतमा दोस्रो चरणको निर्वाचन सफल पार्ने गरी तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेकाे बताएका छन् ।

“प्रधानमन्त्रीले जेठ ३१ गतेको निर्वाचन सार्न खोजेको भन्दै सुनियोजित र गलत ढंगले केही संचार माध्यमवाट भइरहेका प्रचार निराधार र तथ्यहिन रहेका छन् । कुनै भ्रममा नपर्न आमसंचारकर्मी ज्यूहरुसहित सबैमा आग्रह गर्दछु ।” अाचार्यले जारी गरेकाे प्रेस नाेटमा भनिएकाे छ ।

received_1367930713254316

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत