एमालेका जिसी पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा निर्वाचित

१२ जेठ ०७४, पोखरा । नेकपा एमालेका मानबहादुर जिसी पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

Man-bahadur-gc

जिसीले नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७ सय २ मतको अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित जिसीले ६० हजार ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे ।

उपमेयरमा पनि नेकपा एमालेकी मञ्जु गुरुङ्ग बिजयी भइन् । उनले कांग्रेसकी सरस्वती गुरुङ्गलाई १२ हजार ११० मतले पराजित गर्दै उपमेयरमा निर्वाचित भइन् । मञ्जुले ५६ हजार ४४८ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङ्गले ४४ हजार ३३८ मत प्राप्त गरिन् ।

बिजयी जिसीलाई मेयरमा पराजित उम्मेद्वार रामजी कुँवरले निर्वाचन कार्यालयले अन्तिम परिणाम सार्वजनिक गरे लगत्तै फोन गरेर बधाई दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत