अर्थमन्त्रीद्वारा संसदमा बजेट प्रस्तुत हुँदै

१५ जेठ ०७४, काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्दैछन् ।

अर्थमन्त्री महराले बजेट भाषणमा राजनीतिक सहमति अनुसार नयाँ कार्यक्रम नल्याइएको बताएका छन् ।

उनले बजेटको उद्देश्य संविधान कार्यान्वयनमा सहयोग गर्ने रहेको उल्लेख गरेका छन् । साथै, महराले बजेटको चुनौती, उद्देश्य र प्राथमिकतामा केन्द्रीत रहेर बजेट ल्याइएको बताएका छन् ।

अर्थमन्त्री महराले चालु आर्थिक वर्षमा अहिलेसम्मकै उच्च आर्थिक वृद्धिदर कायम रहने उल्लेख गरेका छन् ।

उनले बजेट भाषणमा गाउँपालिकालाई १० करोड देखि ३९ करोडसम्म अनुदान दिने बताएका छन् ।

यसैगरी, अर्थमन्त्री महराले नगरपालिकालाई न्युनतम् १५ देखि ३९ करोड, उपमहानगरपालिकालाई ४० देखि ६४ करोड, महानगरपालिकालाई ५६ करोडदेखि १ अर्व २४ करोडसम्म अनुदान दिने बताएका छन् ।

आगामी आव २०७४/७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट पास भएको छ । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत