पोखरा, लुम्बिनी र निगजढमा विमानस्थल निर्माण सुरू हुने

१५ जेठ ०७४, काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले  संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै पोखरा, लुम्बिनी र निगजढमा विमानस्थल निर्माण सुरू गर्ने बताएका छन् ।

अर्थमन्त्री कृष्णबहादुर महराले निगजढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि आगामी आर्थिक वर्ष बोलपत्र आहृवान गर्ने बताए ।

यसैगरी अर्थमन्त्रीले लुम्बिनी विमानस्थल ०७५ सालमा निर्माण सक्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट सुरु गर्ने र यसका लागि १३ अर्ब ७२ करोड बजेट छुट्याइएको बताए ।

यस्तै आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिल्यान्यास गरेकाे काठमाडौं-निजगढ द्रुतमार्गका लागि १० अर्ब १४ करोड रकम विनियोजन गरेको छ ।

यसकाे निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत