हिमाली जिल्लालाई सहरीकरण गर्न उच्च प्राथमिकता – मन्त्री अर्जुननरसिंह केसी

२१ चैत ०७४, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफूले हिमाली जिल्लालाई सहरीकरण गर्न उच्च प्राथमिकता दिएको बताएका छन् ।

मन्त्री केसीले २२ हिमाली जिल्लामा नगर विकास परियोजना संचालनमा ल्याउन आफू सफल भएको दावी समेत गरे ।

आईतबार आफ्नो नौंं महिने कार्यकालबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग छोएर १०/१० वटा स्मार्ट सहर निर्माण गर्ने योजना पनि आफूले अघि सारेको पनि स्पष्ट पारे ।

मन्त्री केसीले दूर्गम क्षेत्रका २२ वटा जिल्लामा पनि नगर विकास परियोजना संचालनमा ल्याउने काम गरिएको उल्लेख गरे ।

मन्त्री केसीले राष्ट्रिय सहरी नीति, २०६४ लाई कार्यान्वयनमा लैजाने गरी रणनीति तय गरिएको पनि स्पष्ट पारे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत