नवनिर्वाचित प्रधानमन्त्रीद्वारा तीन उपप्रधान र चार मन्त्री नियुक्त

२४ जेठ ०७४, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गरेका छन् ।

उपप्रधानमन्त्रीमा कृष्णबहादुर महरा, विजय कुमार गच्छदार र गोपालमान श्रेष्ठ छन् ।

गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयम सम्हाल्नेछन् ।

यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् ।

कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत