नेपाली क्रिकेटरहरु आईसीसीको अनुमति नदिए एसियन प्रिमियर लिग नखेल्ने

काठमाडौं । नेपाली क्रिकेटरहरुले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अनुमति नदिएसम्म एसियन प्रिमियर लिग क्रिकेट नखेल्ने भएका छन् ।

एक निजी कम्पनीले आगामी असार ५ देखि काठमाडौंमा एपीएल गर्ने घोषणा गरेको छ ।

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले आईसीसीको अनुमति नदिए नेपाली क्रिकेटरहरुले नखेल्ने बताए ।

प्रतियोगिताबारे आफूलाई कुनै जानकारी नभएको भन्दै टमाटाले आईसीसीले खेलाडी रिलिज अनुमति दिएन भने सिनियर प्लेयरहरु नखेल्ने साथै नेपालीको यू-१९ टोलीका सदस्यहरुले यो लिग खेल्ने सम्भावना न्यून रहेकाे बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत