भरतपुरमा मतदान गर्ने निर्णय कानुनसम्मत – प्रमुख निर्वाचन आयुक्त

८ असार ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भरतपुरको वडा न. १९ मा पुनः मतदान गर्ने निर्णय कानुनसम्मत भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले मुख्य निर्वाचन अधिकृत आफै कानुनको ज्ञाता भएकाले पनि उनीहरुले दिएको सुझावलाई मान्न निर्वाचन आयोग बाध्य हुने बताए ।

स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० मा टेकेर भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय लिइएको उनले बताए ।

कुन अवस्थामा पुनः मतगणना वा मतदान गर्ने भनेर कानुनमै उल्लेख गरिएको भन्दै उनले त्यस अनुसार निर्णय लिन आफूहरु समक्ष रहेको यादवले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत