सरुवाले असार १४ गतेको निर्वाचनलाई कुनै असर गर्दैन – प्रमुख निर्वाचन आयुक्त

९ असार ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले सचिवको सरुवाले असार १४ गतेको स्थानीय तह निर्वाचनलाई कुनै असर नगर्ने प्रष्ट पारेका छन् ।

सरकारले हिजोमात्रै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गर्ने निर्णयगरेको थियो । आयोगकै आयुक्तहरुको दवावमा उनी सरुवामा परेका हुन् ।

सरुवामा परेपछि सचिव मैनालीले बिलासी आवश्यकताका अनावश्यक सामाग्री खरिद गर्न अस्वीकार गरेपछि आफू सरुवामा परेको बताएका थिए ।

शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मुख्य आयुक्त यादवले आफूहरु निर्वाचनको अन्तिम तयारीमा रहेको भन्दै सचिव सरुवाले कुनै असर नपार्ने बताए ।

तर उनले सचिव मैनालीले आयोग पदाधिकारीमाथि लगाएको कुनैपनि आरोपबारे प्रतिक्रिया दिएनन् भने सञ्चारकर्मीको कुनै प्रश्नसमेत लिन मानेनन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत