मतपत्रमा अधिकृतको हस्तारक्षर नभेटेपछि लिखु गाउपालिकाको मतगणना स्थगित

१६ असार ०७४, काठमाडौं । ओखलढुंगाको लिखु गाउपालिका ९ मा मतगणना रोकिएको छ ।

मतगणनाका क्रममा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि मतगणना रोकिएको हो ।

सो गाउपालिकामा वडा नम्बर ९ बाटै मत गणना सुरु गरिएको हो । १३ सय १ मत खसेको उक्त वडामा १२ सय मत गनिसकेपछि स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले नेकपा एमालेले सो मतलाई बदर मानेर मतगणना गर्न सहमती जनाएपनि माओवादी केन्द्रले भने पुन मतदान गर्नुपर्ने अडान राखेको बताईएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत