जिल्ला समन्वय समिति नवलपरासीको भवनमा आगलागी

२२ असार ०७४, नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ ।

आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट लाखौँको सामग्री नष्ट भएको छ । विद्युत् चुहावट भई कार्यालयमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत