भेजेनुएला नेशनल एलेम्ब्लीमा प्रदर्शनकारीहरुद्वारा आक्रमण

२२ असार ०७४, काठमाडौं । भेजेनुएलामा सरकार समर्थक प्रदर्शनकारीले संसदमा प्रवेश गरेर आक्रमण गरेका छन् ।

विपक्षीको बहुमत भएको नेशनल एलेम्ब्लीमा प्रवेश गरेर प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।

स्वतन्त्रता दिवसको अवसरमा भएको संसदको विशेष सत्रपछि यो घटना भएको हो  । एपीका अनुसार, लाठी बोकेर पुगेका प्रदर्शनकारीहरुले पटका समेत पड्काएका थिए ।

विपक्षीको समर्थक वेबसाइट ला पटिलाका अनुसार, राजधानी काराकारमा भीडको आक्रमणमा कयौं अधिकारी घाइते भएका छन् । हिंस्रक भिडले नेशनल एसेम्ब्लीमा प्रवेश गरेर थुप्रैलाई कुटपिट गरे । तीन सांसद घाइते भएका छन् ।

विपक्षीका उपनेता अमेरिको डे ग्राजिया पनि घाइते भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत