विदेश भ्रमणबारे एक सचिवको प्रष्टीकरण : कुवामा बसेर दुनियाँ बुझिन्न

२९ असार ०७४, काठमाडौं । राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ सिध्याएर विदेश सयर गर्ने सरकारी कर्मचारीबारे मिडियामा सामग्री आएपछि एक सचिवले प्रस्टिकरण दिँदै कुवामा बसेर दुनियाँ बुझ्न नसकिने बताएका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बुधबार साँझ फेसबुकमा लेखेका छन्,  ‘म जहिले जहिले विदेश गएँ वा जानेगर्छु म त्यहॉ देखेका सिकेका कुरालाई तत्काल सामाजिक संजालमा राखेर ज्ञान बाड्ने गर्छु।’ अाफूले सधैँ कामको सिलसिलामा मात्र विदेश भ्रमण गरेको दाबी गर्दै उनले भनेका छन्,  ‘कामले जाने हो, सिक्न बुझ्न र कार्यक्षेत्रमा उपयोग गर्न कोशिश गर्ने हो। कुवॉमा वसेर दुनियॉ बुझिन्न यो विश्वव्यापिकरणको युगमा।’ नागरिक न्यूजमा खबर छ ।

फेसबुक स्ट्याटस लेख्दै उनले नेपाल सरकारको रकममा अहिलेसम्म एक पटक मात्र विदेश भ्रमणको दाबी पनि गरेका छन् ।

सचिव उपाध्याय जुलाईको अन्त्यमा अष्ट्रेलियन एडको वाटार एन्ड सेनिटेसनसम्बन्धी कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाको ब्रिजबेन भ्रमणमा जाँदैछन् । १ देखि ४ अगस्टसम्म हुने सो कार्यक्रममा सचिव उपाध्यायले  पशुपति क्याम्पस (चावहिल) पढाउने श्रीमती ललिता शर्मा लामिछानेलाई पनि सँगै लाने निश्चित भइसकेको छ।

१३ मुलुकका अाइएनजिअाेका प्रतिनिधिले सहभागिता जनाउने सो कार्यक्रम सामान्य खालको हो । कार्यक्रममा जेन्डर तथा सामाजिक समावेशितासहितका विषयमा छलफल हुने अायोजकको वेबसाइटमा उल्लेख छ ।

 सचिव उपाध्यायले फेसबुक स्ट्याटस यसरी लेखेका छन् :

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत