आयुक्तका लागि महँगो गाडी खरिद गर्न टेन्डर आह्वान

३१ असार ०७४, काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँच जना आयुक्तका लागि महँगो गाडी खरिद गर्न  टेन्डर आह्वान गरेको छ ।

तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि आयोगले शुक्रबार एक दैनिकमा विज्ञापन प्रकाशन गरी ५ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई सरुवा गरी कामुसचिवमा महेश्वर न्यौपानेलाई आयोगमा ल्याइएपछि गाडी खरिद प्रक्रिया सुरु गरिएको छ ।

प्रत्येक आयुक्तलाई एक करोडसम्मको गाडी खरिदका लागि १९ साउनभित्र आवेदन दिन टेन्डर आह्वान गरेको छ भने आयोगले साउन ३२ मा गाडीको टेन्डर खोल्ने सूचनामा जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत