चोरीका गाडी दर्ता गर्ने महाकाली अञ्चल यातायात कार्यालय प्रमुखसहित सात जना निलम्बन

५ साउन ०७४, काठमाडौं । सरकारले महाकाली अञ्चल यातायात कार्यालय निमित्त प्रमुखसहित सात जनालाई भारतबाट चोरीका गाडी भित्र्याएर दर्ता गरी सञ्चालन गरेको भन्दै निलम्बन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले महाकाली अञ्चल कार्यालयका निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहित दिपक थापा, नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, केशवदत्त बडु, श्यामराज ओझालाई निलम्बन गरेको हो ।

मन्त्रालय स्रोतकाअनुसार सचिवस्तरीय बैठकमा निमित्त प्रमुखसहित सात जनालाई निलम्बन गर्ने निर्णय भएको छ ।

चोरीका गाडीहरु नेपालमा दर्ता गराएको पाएपछि उनीहरुलाई निलम्बन गर्न यातायात व्यवस्था बिभागले मन्त्रालयमा सिफारिस गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत