निर्वाचन आयोगद्वारा प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावको कार्यक्रम सार्वजनिक

५ साउन ०७४, काठमाडौं ।  निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

जसअनुसार भदौ २१ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । त्यही दिन साँझ साढे ५ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने २२ गते उजुरी र त्यसमाथि छानविन हुनेछ ।

२३ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने २४ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ । त्यही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

असोज २ गते प्रदेश नम्बर २ मा १२७ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत