बाढी पीडितलाई एमालेको राहत !

१० साउन ०७४, राजविराज । सप्तरीका विभिन्न स्थानका बाढी पीडित १ सय १७ जना परिवारलाई मंगलबार एमालेले राहत वितरण गरेको छ ।

बाढीपीडित राजविराज नगरपालिका २, १० र मलेठका बाढीपीडित प्रतिपरिवार एक थान त्रिपाल, एक थान ब्ल्याङ्केट, एक थान ज्याकेट र ५ किलो खाद्यान्नका दरले राहत बाँडिएको हो ।

स्थानीय मदन नगरस्थित पार्टी कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार एवम् राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम अन्सारी, एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, नेपाली जामे मस्जिद काठमाडौंका सचिव मन्सुर हुसैन लगायतले बाढीपीडित परिवारलाई राहत वितरण गरेका थिए ।

गत असार १६ गते सप्तरीको खाँडो र महुली लगायतका नदीमा आएको बाढीबाट राजविराज नगरपालिकाको ३ वटा वडाका साथै मैनाकडेरी, तिलाठी, मलेठ, भेडिया, पोर्ताहा, रघुनाथपुर, सकरपुरा, रामपुरको पौवाहा टोल लगायत वस्ती प्रभावित भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत