ट्रक त्रिशूलीमा खस्दा चालक र सहचालक दुवैजना वेपत्ता

१२ साउन ०७४, काठमाडौं । गजुरी गाउँपालिका २, चाम्वासमा ट्रक सडकबाट त्रिशूली नदीमा खस्दा चालक र सहचालक दुवैजना वेपत्ता भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका २, चाम्वासमा ट्रक सडकबाट त्रिशूली नदीमा खस्दा सिद्धलेक कुम्पुरका २३ वर्षका चालक सागर दमाई र सहचालक २१ वर्षका भोजराज थपलिया दुवैजना वेपत्ता भएको हो ।  चालकले ट्रक  तीव्रगतिमा चलाएका कारण दुर्घटना भएको  थिए ।

बा ४ ख ५१४६ नं को बालुवा बोक्ने ट्रकले सडक छेउका ४ वटा प्याराफिट ढाल्दै २५ मिटर त्रिशूली नदीमा खसेको थियो । ट्रक खसेको पुलबाट तर्दै गरेका बटुवाहरुले देखेपछि नजिकैको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई खबर गरेका थिए ।

खोजीमा स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा लागेका छन् । बाढीका कारण त्रिशूलीमा पानीको बहाव बढेकोले खोजीमा समस्या भएको प्रहरीले बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत