विप्लव नेकपा माओवादीले ३ महिने अभियान संचालन गर्ने

१४ साउन ०७४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेको नेत्रविक्रम चन्द विप्लवको पार्टीले ३ महिने अभियान थाल्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको एकताको प्रस्तावलाई खारेजगर्दै ३ महिने जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरेको हो ।

यही साउन ९– १३ गतेसम्म बसेको आठौं केन्द्रीय समितिको चौथो पूर्ण बैठकले स्थानीय तहको निर्वाचन  खारेज अभियान उत्साहजनक रहेको निष्कर्ष निकालेको छ ।

पार्टी महासचिव विप्लवले बैठकमा ‘चुनाव खारेजी, समीक्षा र आगामी कार्यदिशा’ शिर्षकको प्रस्ताव पनि पारित गरेका थिए । बैठकले राजनीतिक, वैचारिक, स्कुलिङ, संघर्ष, संगठन लगायतका प्रस्तावमाथि महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत