घोडाघोडीमा करिब १ सय ५० घरधुरी डुबान, स्थानीयलाई सतर्क रहन प्रशासनको आग्रह

२० साउन ०७४, कैलाली । घोडाघोडी नगरपालिका – १० घुम्नीभाकलमा कान्द्रा नदीको पानी पस्दा करिब १ सय ५० घरधुरी डुबानमा परेका छन् ।

गएराति देखिको लगातार वर्षाले नदीको सतह बढ्दा कैलालीमा ठूलो संख्यामा घरहरु डुबानमा परे पनि मानवीय क्षति भने भएको छैन ।

यो क्षेत्रमा २०६४ असोज ४ गते आएको बाढीले राजमार्ग नै बगाएको थियो भने सयौं घरधुरी डुबानमा परेका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले डुबानमा परेका स्थानीयहरुलाई सुरक्षित रहन आग्रह गरेको बताउँदै नेपाल रेडक्रस सोसाइटी, इलाका प्रशासन कार्यालय सुखड र प्रहरीको सहयोगमा उद्दार जारी रहेको बताए ।

उनले डुबानका कारण सो क्षेत्रमा दर्जनौं पशुचौपायाको मृत्यु भएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत