स्थानीय तहको निर्वाचनबारेमा राजपाको मत फरक-फरक

२४ साउन ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू जारी केन्द्रीय समिति बैठकमा तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनबारेमा फरक-फरक सुझाव दिएका छन् ।

सोमबार टोली नेताले २ नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनबारेमा फरक-फरक सुझाव दिएका हुन् ।

राजपा महासचिव केशव झाले सरकारले गर्नुपर्ने माग पूरा गरेर संविधान संशोधन निर्णयार्थ प्रस्तुत गरे । झाले त्यसलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्ने धारणा समूहगत छलफलबाट आएको बताए ।

‘सरकारको तर्फबाट पूरा हुने माग पूरा गरेर संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गरिए त्यसलाई स्वीकार गरेर निर्वाचनमा पार्टी सहभागी हुनुपर्छ’ झाले भने, ‘अर्कोतर्फ संविधान संशोधन नभई निर्वाचनमा सहभागी नहुनुका साथै आन्दोलनमा सहभागी हुनुपर्ने धारणा पनि समूहगत छलफलमा आएको छ ।’

नेता सत्यनाराण मण्डलले संविधान संशोधन नभई निर्वाचनमा सहभागी हुन नहुने माग आफ्नो टोलीमा सहभागी नेताहरूले गरेको बताए ।

‘संविबधान संशोधन नभई स्थानीय तहको निर्वाचन मात्रै नभई प्रदेश र केन्द्रको समेत निर्वाचन बहिष्कार गर्दै सशक्त आन्दोलन गर्नुपर्ने माग नेताहरूले गरेका छन्’ मण्डलले भने, ‘विगतको सहमति कार्यान्वयन नभए संसदबाटै राजीनामा दिएर आन्दोलन सशक्त बनाउनुपर्ने माग नेताहरूले गरिरहेका छन् ।’

बैठकमा राजपा नेपालका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको विधान, नियमावलीमा छलफल गर्दै आज मंगलबार निर्णय लिँदैछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत