अमरगढी नगरपालिकाको पहिलो बजेट सार्वजनिक

२४ साउन ०७४, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाको नगरसभाले पहिलो बजेट सार्वजनिक गरेको छ ।

स्थानीय तहको निर्वाचन पश्चात मंगलबार बसेको अमरगढी नगरपालिकाको नगरसभाले ३२ करोड ५१ लाख ५ हजार ७ सय ३४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

नगर प्रमुख विशेश्वर प्रसाद ओझाले आर्थिक वर्ष ०७४/७५ को लागि  बजेट प्रस्तुत गरेका हुन् ।

यस्तै नगरकार्यपालिकाबाट नगरसभामा पेस हुने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत