अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री शर्माद्वारा हजयात्रीहरुको बिदाई

२६ साउन ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले साउदी अरेबियाको मक्का मदिनामा जान लागेका हजयात्रीहरुलाई बिदाई गर्नुभएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा  १३० जना मुस्लिम समुदायका हजयात्रीहरुलाई  मन्त्री शर्माले बिदाई गर्नुभएको हो ।

गृह मन्त्रालयको समन्वयमा यसबर्ष कुल १२ सय १० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितिले जानकारी दिएको छ । कुल संख्या मध्ये १० जना प्रीतनिधि मण्डलका सदस्यहरु रहनेछन् । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्रीहरु ४५ दिनपछी नेपाल फर्कनेछन् ।

बिहीबार एयर अरेबियाको विमान मार्फंत  १३० जना मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ लागेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत