स्वराजले गरिन् वर्तमान सत्ता गठबन्धनको प्रशंसा

२८ साउन ०७४, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कांग्रेस–माओवादी केन्द्रको वर्तमान सत्ता गठबन्धनको प्रशंसा गरेकी छन् ।

शुक्रबार भारतीय दूतावासले भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित आयोजना गरेको कार्यक्रममा सुष्मा स्वराजले कांग्रेस–माओवादी सत्ता गठबन्धनको प्रशंसा गरेकी हुन् ।

स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देखाउँदै भनिन्, ‘देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो । प्रचण्डजीले विभिन्न बाधा अवरोधबीच देउवाका लागि पहिले वाचा गरेअनुसार सत्ता छोड्नुभयो ।’

स्वराजले अझ उत्साहित हुँदै थपिन्, ‘त्यसकारण अब अहिले देउवाजी सत्तामा हुनुहुन्छ । उहाँहरूबीच लोकतान्त्रिक पद्धतिमा भएको सहकार्यको म प्रशंशा गर्छु । यो नेपालका लागि एकखाले नयाँ अध्याय हो ।’

यसो भनिरहँदा कार्यक्रमका मुख्य अतिथि देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल मुस्कुराइरहेका थिए ।

स्वराजले नेपालले ब्यालेटबाट नभई बुलेटबाट शान्ति प्रक्रिया अघि बढाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा प्रशंशा गरेको स्मरण गरिन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत