हेली एयरले पायो उडानका लागि अनुमति

२ भदौ ०७४, काठमाडौं । हेली एयर नेपाल प्रालिले लाइट हेलिकोप्टर उडानका लागि शुक्रबार अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कम्पनीलाई प्रक्रिया थालेको १ वर्षपछि उडान अनुमति दिएको हो ।

कम्पनीका सिइओ रोनन लामिछानेले आफूहरुले उडान अनुमति पाएको जानकारी दिएका छन् ।

कम्पनीले दुईवटा हेलिकोप्टर ल्याइसकेको छ । अर्को हेलीकोप्टर पनि छिट्टै आउन लागेको लामिछानेले जानकारी दिएका छन् । यो हेलिकोप्टरमा यात्रु भने एक जना मात्रै बस्न मिल्छ ।

पाइलट र यात्रु बस्न मिल्ने गरी दुई सिट मात्रै भएको यो हेलिकोप्टर हावा र हुरी आएको समयमा पनि उडान गर्न सक्ने उनको दावी छ ।

यसले असोजबाट उडान गर्ने सिइओ  लामिछाने बताए ।

कम्पनीले पश्चिम क्षेत्र फोकस गरेर उडान गर्ने योजना बनाएको छ । पोखरा बिमानस्थलबाट पश्चिमका विभिन्न क्षेत्रमा उडान गर्नेछ । पोखराबाट बाग्लुङको बलेवा बिमानस्थल गएर आउन पर्‍यो भने जम्मा ३० हजार मात्रै लाग्छ ।

यो यात्रु ओसापसार गर्नको लागि भन्दा पनि विदेशीहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि हो ।

यही कम्पनीले अन्य दुईवटा पाँच सिटे हेलिकोप्टर पनि ल्याउने तयारी गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत