प्रधानमन्त्री देउवाको नेतृत्वमा ३१ सदस्यीय मन्त्रिमण्डल गठन

४ भदौ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  मन्त्रिमण्डल विस्तार गरेका छन् ।

अाइतबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  आयोजित समारोहमा प्रधानमन्त्री देउवाले आठ जना राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराई ३१ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन ।

नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिस भएका मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गरेका थिए।

प्रधानमन्त्री देउवाको नेतृत्वमा  गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल अब ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री रहेका छन्।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत