संशोधन विधेयकको विपक्षमा मत दिनेहरु राष्ट्रिय एकता विरोधी – राजपा नेपाल

७ भदौ ०७४, काठमाडौं । संविधान संशोधन विधेयक असफल भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको छ ।

विधेयक असफल भए पनि  मुद्दा स्थापित गरेको भन्दै राजपा नेपालले सन्तोष व्यक्त गरेको छ । साथै, बैठक बोल्ने ५३ जना पदाधिकारी मध्ये अधिकांशले प्रदेश २ को चुनावमा जानु पर्नेमा जोड दिएका छन् ।

तर, मनिष सुमन, कौशलेन्द्र मिश्र, देवेन्द्र यादव लगागतका केहीले भने चुनावमा जान नहुने धारणा राखेका छन् ।

राजपा नेपालको १३३ पदाधिकारी मध्ये बैठकमा ९८ जना मात्रै उपस्थित थिए ।

राजपा नेपालको बैठकले संविधान संशोधन विधेयकको विपक्षमा मत दिनेहरु राष्ट्रिय एकता, समावेशीता र उत्पीडितहरुको आन्दोलन विरोधी भएको ठहर गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत