सशस्त्र प्रहरीको हत्यामा संलग्न अभियोगमा ६ जनालाई पक्राउ

१० भदौ ०७४, कञ्चनपुर । प्रहरीले सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न भएको अभियोगमा दुई युवतीसहित ६ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको घर फर्किने क्रममा हत्या भएको थियो ।

घटनालगत्तै अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ ।

कुँवरको शव थुपारिएको ढुंगामाथि राखिएको अवस्थामा भेटिएको थियो भने मोटरसाइकल घटनास्थल छेउमै रहेको झाडीमा थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत