कर्णालीवासीलाई विकासका लागि अर्काको भर नपर्न उर्जामन्त्रीको अपिल

११ भदौ ०७४, कालिकोट । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले सरकारको मुख्य काम दुई तहको निर्वाचन सम्पन्न गराउने रहेको बताउँदै कर्णालीको समग्र विकासका लागि अर्काको भर नपर्न कर्णालीवासीलाई अपिल गरेका छन् ।

 

हवाई मार्ग भएर अपरान्ह ३ः३० बजे जुम्ला आइपुगेका ऊर्जामन्त्री शाहीले जनप्रतिनिधिलाई घन-साबेल समातेर काम गर्न सुझाउँदै कर्णालीको समग्र विकासका लागि अर्काको भर नपर्न कर्णालीवासीलाई अपिल गरेका हुन् ।

जुम्लाका स्थानीय तहका प्रमुखसहित उच्च अधिकारीसँग कर्णाली नदी, मुगुको राराताल, जुम्लाको तिला र हिमानदीको सम्भाव्यता अध्ययन गरेका मन्त्री शाहीले मुख्य नदी कर्णाली र यसका सहायक नदीमा कति जलविद्युत आयोजना संचालन गर्न सकिन्छ भन्ने अध्ययन गरिएको बताए ।

‘आज गरेको कर्णाली क्षेत्रको ऊर्जाको अध्ययन तथा अनुगमनका विषयमा काठमाडौं फर्केपछि छलफल गर्छौं’ मन्त्री शाहीले भने, ‘त्यसपछि मात्र कुन नदीको सम्भाव्यता अध्ययन गर्ने हो भन्ने कुराको यकिन गर्छौं ।’

मन्त्री शाहीले राष्ट्रिय प्रसारण लाइन दैलेख भएर आएको र त्यसको सब–स्टेशन कालीकोटको चिल्खायामा राखेर जुम्ला जोड्ने बताएका

कर्णाली क्षेत्रको ऊर्जाको सम्भाव्यता अध्ययन, राष्ट्रिय प्रसारण लाइन जोड्न सकिने अवस्था र कर्णाली करिडोरको अनुगमनका लागि ऊर्जामन्त्री शाही, नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, पूर्वसभासद् नरेश भण्डारीसहितको प्राविधिक टोली जुम्ला पुगेका हुन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत