निर्वाचन आयोगले शून्य सहनशीलताको नीति अपनाउने

१६ भदौ ०७४, काठमाडौँ । निर्वाचन आयोगले आचार संहितामा शून्य सहनशीलताको नीति अपनाउने बताएको छ ।

आयोगमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचार संहिता पालनाका विषयमा शून्य सहनशीलताको नीति अपनाउने बताएका हुन् ।

आयुक्त यादवले यतिबेला दुई नम्बर प्रदेशमा राहत वितरणको नाममा आचारसंहिता उल्लंघन भइरहेको बताए ।

‘उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ’ यादवले भने, अहिले राहतको नाममा आचार संहिता उलङ्घनको घटना भइरहेका छन् ।’

आयुक्त यादवले समन्वय अभावले हुने कमी कमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रममा आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचार संहिता पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत