दरवारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी

१९ भदौ ०७४, काठमाडौं । सरकारले दरवारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ ।

आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले  नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु बिक्री गरेको पाइएपछि सिलबन्दी गरिएको हो ।

अनुगमनका क्रममा २ हजार ६ सय रुपैयाँ मूल्यमा खरिद गरिएको नाइक ब्राण्डको जुत्तालाई २६ हजार, एक सय रुपैयाँ खरिद मूल्य रहेको जुत्तालाई २ हजार ४ सय रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए ।

ती पसलले आवश्यक बिलविजक प्रस्तुत गर्न नसकेपछि अनुगमन टोलीले शिल गरेको हो ।  उपभोक्ता ठग्ने व्यापारीलाई कठोर कारवाही गर्ने आपूर्तिमन्त्री शिवकुमार मण्डल बताए ।

ती पसलले ‘सेल’को नाममा उपभोक्ता ठगेको देखिएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत