मिडिया फुटसल प्रतियोगिताको उपाधी नेपाल खेलकुद पत्रकार मञ्चलाई

१९ भदौ ०७४, काठमाडौं । स्वर्गीय पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडिया फुटसल प्रतियोगिताको उपाधी नेपाल खेलकुद पत्रकार मञ्चले जितेको छ ।

सोमबार भएको फाइनलमा नेपाल खेलकुद पत्रकार मञ्चले माउण्टेन टेलीभिजनलाई ५-१ गोलअन्तरले पराजित गरेको हो ।

सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनलाई ५-२ र माउण्टेलन टेलिभिजनले फोटो पत्रकार क्लवलाई ३-१ ले जितेको थियो ।

खेलकुद पत्रकार मञ्च समूह ए र माउण्टेन टेलिभिजन समूह बी को बिजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए ।

क्षेत्रीको स्मृतिमा गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागिता थियो । विजेता खेलकुद पत्रकार मञ्चले नगद ५० हजार र उपविजेता माण्टेन टेलिभिजनले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत