प्रदेश २ को उम्मेदवारी दर्ता भोलि १० देखि ५ बजेसम्म

२० भदौ ०७४, काठमाडौं । तेस्रो चरणको प्रदेश २ को स्थानीय चुनावका लागि उम्मेदवारी दर्ताको सबै तयारी पुरा भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले उम्मेदवारी दर्ताको सबै तयारी पुरा भएको जनाएको हो । उम्मेदवारी दर्तार्का लागि भोलि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

प्रदेश २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ । जसमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहको वडा संख्या १ हजार २७१ छन् ।

प्रदेश २ मा २६ लाख ६४ हजार ९५० मतदाता छन् भने ३ हजार ५७९ मतदान केन्द्र तोकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत