राजविराजको विभिन्न वडामा एमालेको उम्मेदवारी घोषणा

२० भदौ ०७४, राजविराज । नेकपा एमालेले राजविराज नगरपालिकाको विभिन्न वडाका उम्मेदवारी घोषणा गरेको छ ।

नेकपा एमाले राजविराज नगरपालिका प्रचार–प्रसार समितिले वडा नं. ४ मा कार्यालयको उद्घाटनको गर्दै वडा उम्मेदवारको घोषणा गरेको हो ।

एमालेले वडा नम्बर १४ मा मो.मुख्तार अन्सारीलाई वडा अध्यक्षमा उठाउने भएको छ ।

अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका मेयर पदका उम्मेदवार सुखराम यादव, उपमेयर उम्मेदवार ममता चौधरी लगायतले पार्टीको नीति, कार्यक्रम तथा भावी योजनाबारे आ–आप्mना विचार व्यक्त गरेका थिए ।

त्यसैगरी वडा नं. १४ मा समेत वडा उम्मेदवार घोषणा गरिएको छ । राजेन्द्र प्रसादको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विरेन्द्र यादवको नेतृत्वमा ५ सदस्यीय उम्मेदवारी घोषणा सम्पन्न भएको छ ।

त्यस्तै राजविराज नगरपालिका वडा नं. १३ मा एक कार्यक्रम बीच उम्मेदवार अनुमोदन तथा प्रशिक्षण कार्यव्रmम सम्पन्न भएको छ । यस वडामा एमालेले विन्देश्वर यादवको नेतृत्वमा वडाका उम्मेदवारहरु घोषणा गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत