आइडलविरुद्ध अदालतमा परेको मुद्दा खारेज

काठमाडौं । एपी वान टेलिभिजनद्वारा प्रसारित रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ ।

दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।

नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो ।

भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । आयोजकका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेको थियो ।

आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेको थियो ।

रिटको प्रारम्भिक सुनुवाई गर्दै दुबै पक्षलाई छलफलमा बोलाउनका साथै आजसम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भेट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

शुक्रबार वादी-प्रतिवादीको बहस सुनेपछि न्यायाधीश भट्टको इजलासले रिट निवेदन खारेज गरिदिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत