राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने

२६ भदौ ०७४, काठमाडौँ । पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को आइतबार बसेको संसदीय दलको बैठकले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र असोज २ गतेको स्थानीय तह निर्वाचन साथै प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्न पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

व्यवस्थापिका– संसदमा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ ।

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन् भने उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत