शिलबन्दी गरिएका पसल खोलिदिन उद्योग वाणिज्य महासंघको आग्रह

२४ भदौ ०७४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले अनुगमनबाट व्यापारीको छवि नै बिग्रेको भन्दै आपूर्ति मन्त्रीसमक्ष शिलबन्दी गरिएका पसल खोलिदिन आग्रह गरेकी छिन् ।

जवाफमा आपूर्ति मन्त्री शिवकुमार मण्डलले कारवाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत हुन आग्रह गरे ।

मन्त्री मण्डलले दरबारमार्ग क्षेत्रमा चर्को मूल्य असुली उपभोक्ता ठग्ने व्यवसायीलाई कानून अनुसार कारवाही गरिने प्रष्ट पारेका छन् ।

सोमबारदेखि सिलबन्दी गरीएका पसल खुलाउन माग गर्न गर्दै मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा मन्त्री मण्डलले उपभोक्ता ठग्नेले उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् ।

‘दोषी भेटिए विद्यमान कानून अनुसार कारवाही हुन्छ,’ उनले भने, ‘गलत नगरेको प्रमाणित भए कसैमाथि पनि कारवाही गर्ने कुरा हुन्न ।’

पहुँच छ भन्दैमा जे गर्दा पनि हुन्छ भन्ने प्रवृति अन्त्य गर्न पनि उनले व्यवसायीलाई आग्रह गरे । उपभोक्तालाई सहज र सुलभ तरिकाले वस्तु उपलब्ध गराउनु पर्नेमा अनुगमन टोलीमाथि नै व्यवसायीले अभद्र व्यवहार गर्ने गरेको उनले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत